नेपाल वायु सेवा निगमको सञ्चालक सदस्यमा व्यवसायी प्रधान नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १४ : ४४
नेपाल वायु सेवा निगमको सञ्चालक सदस्यमा व्यवसायी प्रधान नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा उद्योगी व्यवसायी किशोरकुमार प्रधान नियुक्त भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले विराटनगर १० मोरङकाका प्रधानलाई नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका प्रधान केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अन्य उद्योगी व्यवसायीसँगै एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस