काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।
यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिनुभयो । सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ ।
त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।
कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ चैत्र २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
धितोपत्र बोर्डले दियो आईपीओको स्वीकृति
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन