नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १५ : २४
नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् ।

विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि साविकका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएको हो ।महर्जनको विकल्पमा एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस