मेलम्ची खानेपानी वितरणको राष्ट्रपतिले गरिन् उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०७७, १४ : ४५
मेलम्ची खानेपानी वितरणको राष्ट्रपतिले गरिन् उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटन गरेकी छन् ।भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी छन् । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ ।उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका छन् ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ ।काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।त्यस्तै आजदेखि बालाजु ट्यांकीबाट त्यस क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस