काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासिले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् ।मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपु¥याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताए ।
उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासिले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे । उनले बताए ‘एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्न हुँदै गर्दाखेरी, यसलाई गौरवका साथ लिदै गर्दाखेरी कसैको पनि आलोचना गरिरहने भन्दापनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो ।
कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनुभयो होला तर उपत्यकाबासि कसैलेपनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’
प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामथ्र्यको पुष्टि भएको पनि बताए । यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने बताए । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
मेलम्चीमा आयो बाढी, अस्थायी पुल बगायो
आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै