फिफा विश्वकप छनोटमा इङ्ल्यान्डको सहज जित

एजेन्सी

विहीबार, १९ चैत्र २०७७, ०९ : ५६
फिफा विश्वकप छनोटमा इङ्ल्यान्डको सहज जित

काठमाडौं ।  इङ्ल्यान्डले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटमा सहज जित निकालेको छ ।  बुधबार राति भएको खेलमा इङ्ल्यान्डले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इङ्ल्यान्डलाई जित दिलाउन ह्यारी केन र ह्यारी मग्वायरले एक–एक गोल गरे । उता पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा पोल्यान्डका जाकुबले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । ८५ औं मिनेटमा मग्वायरले गोल गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाए ।
 

प्रतिक्रिया दिनुहोस