कोरोना अपडेट : थपिए १ सय ६७ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १५ : ५५
कोरोना अपडेट : थपिए १ सय ६७ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७ सय  २७ पुगेको छ । हाल देशभर १ हजार ३ सय ९० जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस