प्रचण्डको चितवन प्रतिवद्धता

नेपालकै नमुना जिल्ला बन्दै छ चितवन , अब केहि समयमै परिणाम देख्नुहुन्छ :प्रचण्ड

बुधबार, १३ मंसिर २०७४, १४ : ००
नेपालकै नमुना जिल्ला बन्दै छ चितवन , अब केहि समयमै परिणाम देख्नुहुन्छ :प्रचण्ड

भरतपुर । अबको ५ बर्ष चितवनको विकासलाई देशकै नमुनाको रुपमा तिब्र गतिका साथ बढाईने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभएको छ । बुधबार भरतपुरको धु्रवघाटमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले चितवनलाई विकास गर्ने गरि सडक सञ्जालको परियोजनालाई अगाडी बढाईने बिषयमा स्थानियलाई जनकारी गराउनुभएको छ । अध्यक्ष प्रचण्डले चितवनको विकासको लागि न्युनतम आधारभुत सडकहरु समेत जिल्लामा नरहेकाले बामपन्थी सरकार बन्न साथ मुख्य सडकहरु पिच गरि हाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ५ बर्ष भित्रमा शाखा बाटोहरु पनि पिच गरिसक्ने दाबी गर्नुभयो ।

पहिलो आवश्यकता चितवनको यहि नै छ–उहाँले भन्नुभयो । चितवन अहिले पनि देशकै जक्शन त छ नै ,अब देशकै मुख्य नगरीको रुपमा सडक सञ्जाल बिस्तार हुने गरी प्रकृया अगाडी बढी राखेको जानकारी दिनुभयो । उहाँले चितवन देखि ठोरीसम्म पुग्ने हुलाकी सडकलाई चितवन राष्ट्रिय निकुञ्जलाई असर नगर्ने गरी सडकलाई निमार्ण गरिने बताउनुभयो । त्यसतै चीन र भारतलाई जोड्ने सबै भन्दा छोटो सडक ठोरी केरुङ लोकमार्ग चितवन हुदै भारतसम्म पुग्ने छ ,यसले देशकै आर्थिक क्रान्ति हुने बताउनुभयो । नेपालको जलविद्युतबाट पुर्व पश्चिम रेल मार्ग संचालनमा ल्याईने उल्लेख गर्नुभयो । नेपालमा जलविद्युतको सम्भावना धेरै छ ,नेपालमा संचालन हुने रेलहरुलाई विद्युतबाट संचालन गर्न मिल्ले गरि रेलमार्गको कार्यलाई अगाडी बढाईने बताउनुभयो ।

 चितवन देखि ठोरीसम्म पुग्ने हुलाकी सडक , चीन र भारतलाई जोड्ने सबै भन्दा छोटो सडक ठोरी केरुङ लोकमार्ग चितवन हुदै भारतसम्म  , पुर्व पश्चिम रेल मार्ग संचालन  ,कष्णनगर,बुटवल हुदै हेटौडा जान रेल पनि चितवन हुदै जाने

प्रचण्डले कष्णनगर,बुटवल हुदै हेटौडा जान रेल पनि चितवन हुदै जाने जानकारी दिनुभयो । देशकै जक्शन हुने गरि चितवनको विकास गर्न आफु लागि परेको दाबी गर्नुभयो । एशियाली मापदण्ढ अनुसार चितवनमा रिङ रोड ,लिङ रोड निमार्ण गरि त्यसबाट विभिन्न रोजगारीको अबसर सिर्जाना गरेर युवाहरुलाई रोजगारी प्रदान गर्न सकिने उहाँको भनाई छ । ७० बर्षसम्म दक्षिणपन्थीहरुले नेपालका कम्युनिष्टहरुलाई फुटाएर राज गरेको आक्षेप लगाउनुभयो ।

अब नेपालको ईतिहासमा पहिलो पटक बहुमत सहितको बामपन्थी सरकार बन्ने पक्का भई सकेकाले अबको ५ बर्ष देश र राष्ट्रको पक्षमा काम गरिने उल्लेख गर्नुभयो । ५ बर्षसम्म बामपन्थी स्थिर सरकारले देशको नेतृत्व गरे ५० बर्षसम्म कसैले हल्लाउन नसक्ने ठोकुवा गर्नुभयो । बामपन्थी सरकारको मुख्य एजेण्डा सबै मुख्य बाटो पिच गर्ने , सुकुम्बासी समस्यालाई स्थाई रुपमा समधान गर्नेे प्रष्टयाउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस