'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप' : आर्मीको फराकिलो जित

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, १९ : ४७
'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप' : आर्मीको फराकिलो जित

चितवन । चितवनमा जारी 'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल' मा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । खेलमा आर्मीले सुनौलो सँगम युवा क्लब बुटवललाई ५-० ले पराजित गरेको हो ।

आर्मीको जितमा सन्तोष केसी र सुशान्त चौधरीले समान २-२ गोल गरे । यस्तै राजेश पौडेलले एक गोल गरे । सन्तोषले पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा बुटवल १० खेलाडीमा सिमित भयो । 

प्रतियोगिता अन्तर्गत सोमबार लेखनाथ युनाइटेड पोखरा र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस