’सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप ’ : टाइब्रेकरमा अभिषेक चर्च विरुद्ध क्यामरुनको जित

रासस

शनिबार, १४ चैत्र २०७७, १९ : ३५
’सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप ’ : टाइब्रेकरमा अभिषेक चर्च विरुद्ध क्यामरुनको जित

चितवन । टाइब्रेकर मागोल रक्षक डा स्याल्भियो चम्किदाअफ्रिकन रुट्स एसोएिएसन क्यामरुनले चितवनमाजारी ’सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृतिगोल्डकप फुटबल’ माबिजयी सुरुवात गरेको छ ।

नारायणगढको क्याम्पाचौरमा भएको खेलमा क्यामरुनले अभिषेक चर्च रजहरलाई टाइब्रेकरमा ४–१ ले पराजित ग¥यो । क्यामरुनलाई जिताउन गोल रक्षक स्याल्भियोले टाइब्रेकरमा अभिषेक चर्चको ३ प्रहार विफल तुल्याए । उनले पहिलो, तेस्रो र चौथो प्रहार रोके । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

त्यस अघि निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । खेल अवधिभर क्यामरुनले अभिषेक चर्चलाई दबाबमा राखेको थियो । गोल गर्ने प्रसस्तै अवसर पाए पनि क्यामरुनको फिनिसिङ कमजोर देखियो ।

प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुनौलो संगमयुवा क्लब बुटवलबीच खेल हुनेछ । खेल दिउँसो ४ बजे नारायणगढ स्थित क्याम्पाचौरम ाहुनेछ । चितवन जिल्लाप mुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरका १० टोली सहभागी छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस