गौरवका योजनाकै प्रगति न्यून

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ०८ : २३
गौरवका योजनाकै प्रगति न्यून

काठमाडौं । भरतपुर महानगरभित्रका गौरवका  आयोजनाको  प्रगति  सन्तोषजनक  हुन सकेको छैन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको   निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”,  प्रमुख दाहालले  आयोजनाका  प्रमुख  तथा  ठेकेदारलाई बोलाएर निर्देशन दिइन्,  “राष्ट्रिय  गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्ने काम छैन ।”

पुल्चोक–गोन्द्राङ छ लेन सडक र महानगरीय सिटी हल   निर्माण, देवघाटको शवदाह  गृह, शारदानगरको  रानीपोखरी  पार्क, लक्ष्मीनारायण मन्दिर निर्माण  र पुल्चोक–बाह्रघरे सडक  निर्माण,  शहीदचोक–कचपचे  चोक  सडक निर्माण  जस्ता  आयोजना  महानगरभित्रका  गौरवका आयोजना हुन् ।  

पुल्चोक–गोन्द्राङ  सडक  र  सिटी हल  निर्माणको  काम  प्रभावकारी  रूपमा  अगाडि बढे  पनि  अन्य  आयोजनामा  सन्तोष  गर्न  नसकिने प्रमुख दाहालको गुनासो छ । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस