काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १५ : ५८
काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित

file-photo

काठमाडौं । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ ।

काठमाडौं विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ ।

काठमाडौं भरतपुर रुटमा बिहीबार समेत जहाज डिले बनेका थिए । तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेको छ ।

प्रतिक्रिया दिनुहोस