त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

बुधबार, १३ मंसिर २०७४, १० : ३४
त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर । काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब सबा नौ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

    लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ ।  उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस