काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। तर माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद बैठकमा सहभागी हुने सम्भावना कम छ। अध्यक्ष ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हिजो (बुधबार) देखि ललितपुरमा जारी छ।
व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ। आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने यो समूहले जनाएको छ। नेपाल खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ । तर ओलीले गुटबन्दी, कार्यकर्ता भेला गरे कारवाही गर्ने उदघोष गरेकाले संसदिय दलको बैठक चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्’ : प्रधानमन्त्री ओली
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण