काठमाडौं । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले यहाँस्थित नेपाल रेडक्रस सोसाइटीलाई बिरामी उपचारमा प्रयोग गरिने एउटा एम्बुलेन्स प्रदान गरेको छ । उच्चायोगको टोली दमक आएर रेडक्रस उपशाखालाई एउटा एम्बुलेन्स प्रदान गरेको हो ।
उच्चायोगका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुबहादुर थापाले एम्बुलेन्सको साँचो रेडक्रस उपशाखालाई हस्तान्तरण गर्नुभएको सभापति प्रकाश बुढाथोकीले बताउनुभयो ।
मानवीय सेवामा काम गरिआएको रेडक्रसलाई यसअघिसमेत युएनएचसीआरले करीब रु २६ लाख मूल्यपर्ने एक थान थाइराइड जाँच्ने उपकरण प्रदान गरेको सभापति बुढाथोकीले बताउनुभयो । करीब दुईदशक पहिले स्थापना गरिएको यहाँको रेडक्रसमा योसँगै एम्बुलेन्सको सङ्ख्या तीन पुगेको छ ।
यसैबीच आज नै युएनएचसीआरले मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविरलाई लक्षित गरी त्यहाँको एक संस्थालाई समेत एउटा एम्बुलेन्स प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ चैत्र २०७७, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा