ओलीलाई बामदेवको सुझाव : प्रचण्डसँग छलफल गर्नूस्, सरकार बचाउनूस्

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १४ : ११
ओलीलाई बामदेवको सुझाव : प्रचण्डसँग छलफल गर्नूस्, सरकार बचाउनूस्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले बामपन्थीको सरकार बचाउन ओलीलाई सुझाव दिएका छन् । उनले भने, ‘प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्, आफ्नो सरकार बचाउनूस्, सबैलाई मिलाएर लैजानू ।’  

एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउन सुझाव दिएका थिए । एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि पनि वाम गठबन्धनको संभावना रहेको उनको भनाइ गौतमको भनाइ छ ।गौतमले वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी लिनुपर्ने बताएका छन् । 

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भए पनि आफ्नो अभियान नरोकिने गौतमले बताए । ‘नेपालका सबै कम्युनिष्ट पार्टीलाई पार्टीगत एकता गर्न नसके पनि राजनीतिक संयुक्त मोर्चामा ल्याउन सफल हुनेछ भनेर अगाडि बढेको छु । म सफल हुन्छु’, उनले भने ।

गौतमले ओलीलाई पुनर्स्थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन सुझाव दिए । यी सवै शर्त पूरा गरेमा ओलीलाई साथ दिन आफू तयार भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस