काठमाडौँ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार बैठकमा २० जना नेताले समसामयिक राजनीतिबारे बोलेका थिए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पस्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले जवाफ नदिएकाले प्रक्रिया अनुसार अघि बढ्ने जानकारी दिए । उनले नयाँ सरकार गठनका लागि विभिन्न पार्टीसँग वार्ता गर्नुपर्ने र पार्टीको सांगठानिक क्रियाकलाप बढाउनुपर्ने भएकाले बैठक केही दिन स्थगित गर्नुपरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन