टाउकोमा हात नराखि ढुक्कसाथ वामगठबन्धलाई मत दिन एमाले नेता नेपालको आग्रह

मंगलबार, १२ मंसिर २०७४, १७ : १२
टाउकोमा हात नराखि ढुक्कसाथ वामगठबन्धलाई मत दिन  एमाले नेता नेपालको आग्रह

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाम गठबन्धलाई मत दिँदा टाउकोमा  हात लाउनु पर्दैन भनेका छन् ।
काठमाडौं क्षेत्र नं.१ को वानेश्वर वामगठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘वामगठबन्धका उम्मेदवारहरुलाई भोट दिनुहोस्,वामपन्थीलाई भोट दिँदा तपाईहरुलाई टाउकोमा हात लगाउनुपर्ने छैन ।’
काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका नेता नेपालले माओवादी-एमाले गठबन्धन सफल हुँदैन भन्दै भ्रम फैलाएको भन्दै देशैभर कार्यकर्ताहरु एक भएर चुनावमा लागेको बताए ।
गठबन्धनबाट आत्तिएकाहरुले आफूलाई कांग्रेससँग गोप्य सहमति गरेको भ्रम फैलाएको भन्दै नेता नेपालले वामपन्थीले जिते मात्रै जनताका समस्या समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस