बस व्यवसायीमा एमाले–माओवादीको गठबन्धन विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, ०९ : ५३
बस व्यवसायीमा एमाले–माओवादीको गठबन्धन विजयी

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिको प्रथम अधिवेशनमा एमाले–माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । केन्द्रमा एमाले र माओवादी केन्द्रको टकराव उच्च भए पनि देशकै ठूलो बस व्यवसायी प्रालिमा भने एमाले र माओवादीकै समीकरण बन्यो ।

समीकरण मात्र बनेन, एमाले माओवादी गठबनधनको प्यानलले जित हासिल गरेको छ । ११ सदस्यीय सञ्चालक समितिको लागि भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात पारेका छन् ।

एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरु पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । माओवादी केन्द्र निकट खरेल प्रालिका निवर्तमान अध्यक्ष हुन् भने कांग्रेस निकट गाहा प्रबन्ध सञ्चालक थिए । २३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस