प्रदेश नं. ५

पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हुन्छ : मुख्यमन्त्री पोखरेल

आइतबार, ११ चैत्र २०७४, १७ : ५६
पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हुन्छ  : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
बबई गाउँपालिकाको आयोजनामा आज पश्चिम दाङको हापुरेमा भएको अन्तरक्रियामा उहाँले त्यसका लागि योजना निर्माण गर्न आग्रह गर्नुभयो । पर्यटन क्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीय स्थलको विकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायोचित रुपमा विकासका पूर्वाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताउनुभएको थियो । त्यस अवसरमा प्रदेशसभा सदस्य उत्तरकुमार वली, धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले पश्चिम दाङको विकासका लागि प्रदेश सरकारबाट पनि बजेट उपलब्ध गराउनु माग गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस