जसपा र माओवादी बिच भएको वार्ताको निष्कर्स : ‘कांग्रेसलाई पनि मिलाएर संयुक्त सरकार बनाउँछौं

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १२ : २६
जसपा र माओवादी बिच भएको वार्ताको निष्कर्स : ‘कांग्रेसलाई पनि मिलाएर संयुक्त सरकार बनाउँछौं

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच शनिबार बसेको बैठक सम्पन्न भएको छ ।  वार्तापछि छलफलबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक ढंगले भएको र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने जानकारी दिए । 

प्रधानमन्त्री ओली सरकारले प्रतिगमन गरेको र सर्वोच्च अदालतले सच्याएको परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन हामी मिल्नुपर्छ भन्ने कुरा भयो,’ उनले भने, ‘संविधान र लोकतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिलाई परास्त पार्नुपर्छ भन्नेमा हामी एकमत छौं ।’

जसपाले राखेका तात्कालिक मागमा सकारात्मक हुँदै त्यसलाई पूरा गर्न फेरि वार्ता र छलफल हुने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउन माओवादी, कांग्रेस र जसपाको गठबन्धन बनाइने उनले बताए । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको यादवको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस