माधव नेपाल समूहको स्थायी कमिटी बैठक सकियो

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, १२ : ००
माधव नेपाल समूहको स्थायी कमिटी बैठक सकियो

काठमाडौं । एमाले माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको छ ।

छलफलले आजै बोलाइएको आफूपक्षीय केन्द्रीय समिति र सांसदहरुको बैठकको एजेण्डा पनि तय गरेको बताइएको छ । बैठकपछि नेता रघुजी पन्तले स्थायी कमिटी बैठकमा ओलीको कदमपछिको समग्र विषयमा छलफल भएको र विस्तृत निर्णय केन्द्रीय समिति र सांसदहरुको बैठकबाट गरिने बताए ।
 

प्रतिक्रिया दिनुहोस