काठमाडौं । केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्र
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टीले सरकारलाई ज्ञापनपत्र बुझाउने
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
विप्लव’ नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने