ब्रसेल्स । स्नायुप्रणालीमा असर पु¥याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ ।
ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउ उक्त प्रक्रियालाई अघि बढाउन लागिएको इयूका अधिकारीले बताए ।
इयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम लिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।”
इयूको बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएकोे जनाइएको छ ।
उक्त काण्डका कारण विरामी दुवैजनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ । यसपहिले बेलायतले २३ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो भने प्रतिक्रियास्वरुप रुसले पनि त्यति नै सङ्ख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस