अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसावकिताव हो ।
प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा बाक्य छुटाएनन्–संसदमा हर्स–ट्रेडिङ अर्थात सांसदको किनबेच सुरु हुन्छ ।
उनले संसदको फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्को स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् ।
आजको कान्तिपुर दैनिक लेख्छ–प्रतिनिधिसभा पुनःस्थापना भएपछि सबैभन्दा पहिले नेकपाको संसदीय दलमा नै सांसदहरुको तानातान सुरु भएको छ । प्रचण्ड–नेपाल तर्फबाट फोन गर्ने नेताहरुले सरकार बनेपछि मन्त्री बनाउने भन्दै अश्वासन दिने गरेका छन् ।
यस्तै ओलीका तर्फबाट फोन गर्ने नेताहरुले भने मन्त्री र पैसामध्ये एउटा रोजेर लिन प्रस्तावप गर्ने गरेको सांसदहरुनै बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ फागुन २०७७, ०७ : १०
लेखकबाट थप