काठमाडौँ । २०७२ को भूकम्पमा क्षतिग्रस्त २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले सोसम्बन्धी चारवटा सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । जसअनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा स्वास्थ्यचौकी पुनर्निर्माण हुनेछन् ।
शुक्रबारै निर्माण कम्पनी र इकाइबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ । यो पुनर्निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछन् । सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माणमा भारतकै शीर्ष संस्थानमध्येमा पर्छ । कािन्तपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ फागुन २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ