प्रधानमन्त्री ओली समुहको आज निर्धारित स्थायी समिति बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, ०९ : ०७
प्रधानमन्त्री ओली समुहको आज निर्धारित स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपाको ओली समुहको स्थायी समिति बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओली सर्वाेच्च अदालतको आदेशका आधारमा १३ दिनभित्रै संसदको बैठक बोलाउने विषयको तयारीमा जुट्नु परेका कारण वैठक स्थगित गर्नुपरेको ओली पक्षका एक स्थायी समिति सदस्यले सफलखबरलाई बताए । अदालतको आदेशका आधारमा २४ फागुनभित्रै संसदको बैठक बोलाई सक्नुपर्ने हुन्छ ।

ओलीको हिजोबाट शुरु भएको स्थायी समिति बैठक आज पनि बस्ने गरी टुंगिएको थियो । हिजोको बैठकमा ९ जनाले मात्र धारणा राखेका थिए । यो पक्षको स्थायी समितिमा १६ जना सदस्य छन् ।

स्थायी समिति र आवश्यक समय मिलेमा आजै संसदीय दल र केन्द्रीय समितिको उपलब्धहरुको बैठक पनि बस्ने बताएको थियो । तर एकाएक बिहान बैठक स्थगितको सुचना आफु कँहा आईपुगेको ओली पक्षका ति नेताले बताए । 
 

प्रतिक्रिया दिनुहोस