काठमाडौं ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ ।
अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको छ । हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको छ ।
भट्टलाई घटनास्थल आसपास देख्नेहरुको कागजी बयानदेखि फरेन्सिक जाँच पनि जारी छ । भागरथीको भजाइनल स्वाब प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । उनको मोबाइलको समेत प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ ।
विद्यालयबाट २१ माघमा घर नफर्किएपछि भट्टको खोजी सुरु भएको थियो । भोलिपल्ट उनको शव सडकबाट ३० मिटर पर झाडीमा भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, १४ : ०१
लेखकबाट थप