काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार पहाडी क्षेत्रमा आंशिकदेखि सामन्य बदलीको सम्भावना रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ । बुधबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडीसहितका विभिन्न क्षेत्रमा मौसम केही प्रभावित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?