बलात्कारविरुद्ध अनेम संघको विरोध प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, १७ : ०४
बलात्कारविरुद्ध अनेम संघको विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध बिरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकामा जम्मा भएर महिलाहरुले नाराबाजी सहित बसन्तपुरसम्म ¥याली गरेका थिए । 

नेकपा नेतृहरु अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ लगायतको उपस्थितिमा भएको विरोध प्रदर्शनमा महिला संघका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गर लगायतका नाराबाजी गरिएको थियो । ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले सूर्य चिन्ह तथा हसियाँ हथौडा अंकित झण्डा बोकेका थिए । 

प्रतिक्रिया दिनुहोस