चितवन । सहिद स्मृति बहुमुखी क्याम्पस टाँडीमा आइतबार सम्पन्न अनेरास्ववियू इकाई भेलाले चोकबहादुर गुरुङ संयोजक र विष्णुप्रसाद बगाले सहसंयोजक रहने गरी ५१ सदस्यीय भेला आयोजक कमिटि गठन गरेको छ ।
अनेरास्ववियू केन्द्रीय सदस्य सुरजसिंह ठकुरी प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सदस्यद्वय सरोजध्वज भण्डारी र अशोक देवकोटा विशेष अतिथि रहेका थिए । यसैगरी जिल्ला सदस्य दयाराम पौडेल र विद्यार्थी नेता उज्ज्वल देवकोटा अतिथि रहेका थिए ।
सुवास रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विष्णुप्रसाद बगालेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ फागुन २०७७, १४ : ०३
लेखकबाट थप