पेटसम्बन्धी उपचार गर्न लागे डा भट्टराई भारत

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, १२ : ००
पेटसम्बन्धी उपचार गर्न लागे डा भट्टराई भारत

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई उपचारको लागि भारत लागेका छन् ।

नेपाल वायुसेवाको विमानबाट उनी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित थिए। उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराईरहेका थिए । डा भट्टराईले सामाजिक सञ्जालमा ‘नाति लगायतसँग बिदावारी भएर स्वास्थ्य उपचारका निम्ति दिल्लीतिर लागियो’ भनेर लेखेका छन् । 

अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस