पिनको चितवन जिल्ला कमिटी अघ्यक्षमा सुर्यप्रकाश लामा

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १९ : ३२
पिनको चितवन जिल्ला कमिटी अघ्यक्षमा सुर्यप्रकाश लामा

चितवन । प्रोग्रेसिभइन्जिनियरिङ एशोसिएसनचितवनको प्रथम भेलाआजशनिबार सम्पन्नभएको छ । भेलाको उद्घाटन भरतपुर महानगर प्रमुखतथा नेकपाका केन्द्रीय सदस्य रेनु दाहालबाट भएको हो । 

प्रथम भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको अध्यक्ष सूर्यप्रकाश लामालाई चयन गरेको छ । भेलाले सचिवमा सन्तोष आचार्यलाई चयन गरेको छ ।

भररतपुर महानगरपालिककाप्रमुखतथानेकपाका केन्द्रिय सदस्य रेनु दाहालको प्रमुखआतिथ्यतामाभएको कार्यक्रममा चयन भएकाकार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो ।

एशोसिएसनका केन्द्रीय संयोजकनन्दलाल बन्जाडेको विशिष्ट आतिथ्यमाभएको भेलाले १०१ सदस्यीयजिल्ला कमिटी पनि चयन गरेको छ । यो नेकपा (प्रचण्ड माधव समूह) का इन्जिनियरहरुको प्रथमजिल्ला भेला एकतापछि नेपालमै पहिलो पटक भएको हो । बाँकीपधाधिकारी र जिम्मेवारीहरु भने नवनिर्वाचित कमिटीको पहिलो बैठकमार्फत छिटै टुंगाउने बताइएको छ ।

पिन नेपालभित्र वाप्रवासमा रहेर इन्जिनियरिङ पेसा व्यवसाय गरिरहेका प्रगतिशील समाजवादलक्षित वैचारिक दृष्टिकोणलाई समर्थन गर्ने नेपालीइन्जिनियरिङ्ग पेशाकर्मीहरु पेशागत संगठन हो । यसको विधानले केन्द्रसँगै प्रदेश समिति, जिल्ला समिति, स्थानीय समिति र इकाइ समिति रहने व्यवस्था गरेको छ । 

साथै यस भेलाले १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ। सल्लाहकारहरुमा बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती,राजेश कोइराला, रत्न लामिछाने, वीरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र बलिभद्र न्यौपानेलाई पनि चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस