राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् प्रदेश २ का प्रमुखलाई पदमुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १५ : २०
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् प्रदेश २ का प्रमुखलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुखलाई तिलक परियालाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ का प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको हो । 

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए। 

बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ुविप्लवु को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस