सुनको मुल्यमा भारी गिरावट, कति पुग्यो तोलामा

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, ११ : ३९
सुनको मुल्यमा भारी गिरावट, कति पुग्यो तोलामा

काठमाडौँ । शुक्रबार नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस