मुख्य न्यायाधिवक्ता घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

विहीबार, ०८ चैत्र २०७४, १९ : ०४
मुख्य न्यायाधिवक्ता घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

पोखरा ।  प्रदेश नं ४ का मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । घिमिरेलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले प्रदेश प्रमुख बाबुराम कुँवरको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेश सचिवलगायत उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया दिनुहोस