काठमाडौं । बुधबारदेखि निजी अस्पतालमा लागु हुनेगरी नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (एफिन) ले तय गरेको बिरामी परामर्श शुल्क सरकारले अस्वीकार गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गृहकार्यबिना मान्य नहुने जनाएको छ । संघ र एफिनले बुधबार विज्ञप्ति जारी गरी निजी अस्पतालका चिकित्सकहरूको परामर्श शुल्क तह र अनुभवअुनसार ३ सय ७० देखि ८ सय २५ रुपैयाँ रहेको तालिका घोषणा गरेको थियो ।
मन्त्रालयका अनुसार प्रमुख विशेषज्ञको संयोजकत्वको समितिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले कार्यान्वयन गर्न थप निर्णय लिनुपर्ने विषयलाई नबुझी नेपाल चिकित्सक संघ र अन्य एफिनले घोषणा गरेको परामर्श शुल्क मान्य नहुने जनाउँदै २०७१ सालकै निर्णयलाई लागु गर्न निर्देशन दिएको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०७ फागुन २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब
नक्कली डाक्टर पक्राउ