काठमाडौँ । टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी पनि परेको हो ।
चौथों त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो ।
उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा सतप्रतिशतले वृद्धि भएको देखिन्छ ।
समग्र मोबाइलफोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ । रियलमी ग्रिस, चेक रिपब्लिक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ ।
रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा त यस फोनको बिक्री ३३८ प्रतिशतले बढेको देखिन्छ ।
‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो । यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् ।
हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम् डिजाइन, सफ्टवेयर र हार्डवेयर बीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ले बताए ।
क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचीमा रियलमी सूचीकृत भएको छ । यससँगैँ दक्षिणपूर्वी क्षेत्रमापनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ फागुन २०७७, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक महिनामा ३ अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात
स्मार्टफोन र चार्जर खरिदबाट बाहिरियो साढे ३१ अर्ब रुपैयाँ