मुख्य न्यायधिवक्ता उपाध्यायद्धारा हेटौँडामा सपथ ग्रहण

विहीबार, ०८ चैत्र २०७४, १४ : ३२
मुख्य न्यायधिवक्ता उपाध्यायद्धारा हेटौँडामा सपथ ग्रहण

मुख्य न्यायधिवक्ता उपाध्यायद्वारा हेटौँडामा सपथ ग्रहण

-चन्द्र घलान
हेटौँडा । प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आज प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा प्रदेश प्रमुखको कार्यालयमा उनले  देश र जनताका नाममा सपथ ग्रहण गरेका हुन् । उच्च अदालत पाटनका मुख्य न्यायधिस प्रकाशकुमार ढुङ्गानाले उपाध्यायलाई सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, मूख्य सचिव रेश्मीराज पाण्डे लगायतको सहभागिता रहेको थियो । मूख्यमन्त्री पौडेलको सिफारिसमा प्रदेश प्रमुख कोइरालाले न्यौपानेलाई मूख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका करिव डेढ दशकदेखि अध्यक्ष रहेका न्यौपाने वकालत पेशमा सक्रिय थिए ।

 

प्रतिक्रिया दिनुहोस