नारायणगढ – बुटवल सडक खण्ड विस्तारको कामले गती लिदै

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १७ : ४७
नारायणगढ – बुटवल सडक खण्ड विस्तारको कामले गती लिदै

 नवलपरासी । देशकै गौरबको आयोजना नारायणगढ – बुटवल सडक खण्ड विस्तारको कामले गती लिएको छ । कोभिड – १९ र मजदुर आन्दोलन तथा अन्य विविध प्राविधिक समस्याका कारण प्रभावित बनेको आयोजनाको पूर्वी खण्डको काम अहिले तीब्र पारिएको छ । गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण भईसकेको र देवचुलीको रजहर र कावासोतीको खरकटट जंगल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । 

यस्तै ठूला पुलको काम पनि तिब्र पारिएको छ । भने सडकको दाँयाबाँया माटो पुरेर लेबल मिलाउने  फिलिङ्ग गर्ने , नाला निर्माण गर्ने, गैंडाकोट क्षेत्रमा पर्ने डाडाँको भित्ता कटान गर्ने काम पनि तस्ब्र रुपमा भईरहेको आयोजनाले जनाएको छ ।आयोजना प्रमुख रमेशकुमार दिष्टीका अनुसार डाटाको हिसाबमा दुई वर्ष हुन लाग्दा पनि निकै कम तीन प्रतिशत  मात्रै भएको छ तर, कामका हिसाबले भने धेरै नै भएको छ । 

रुख कटान र तारपोल सार्ने कामको प्रक्रिया लामो हुँदा काममा केही ढिलाई भएको देखिए पनि समयमै काम सम्पन्न गर्नेमा आफू आशावादी रहेको आयोजना प्रमुख दिष्टीले बताए । ठूल्ठूला मेसिनबाट काम भईरहेका कारण काम छिटो हुने र समयमै हुने विश्वास व्यक्त गरे ।राजमार्ग देखि उत्तरतर्फका रुख कटानको काम तीब्र रुपमा भईरहदा दक्षिणतर्फको रुख कटानको काम भने हुन सकेको छैन् । 

दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने हुँदा निुकञ्जबाट अनुमती नदिदा रुख कटानको काम रोकिएको आयोजना प्रमुख दिष्टीले बताए । छपानको काम पनि भईसकेको र मन्त्रालयबाट अनुमती समेत पाईसकेको अवस्थामा निकुञ्जले अनुमती नदिदा काम रोकिएको उनले बताए। निकुञ्जसंग पनि ताकेता गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस