चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १७ : २२
चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मंगलबार गैंडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उनले जानकारी दिए । अधिकारीका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।


निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन् । ती मध्ये चार वटा चोरीशिकारीले मारेका हुन् भने २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैंडा छन् । यस वर्ष नेपालका गैंडा रहेका निकुञ्जमा गैंडाको गणना गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस