२४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १६ : ४२
२४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०५ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । देशभर १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस