यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

रासस

मंगलबार, ०४ फागुन २०७७, १४ : ११
यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

काठमाडौं। यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने  भएको छ ।  पुरस्कार छनोट समितिको आज बसेको बैठकले उन लाई  पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा बसेको बैठकले पत्रकार गिरीलाई पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिए । 

मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष सो प्रदान गरिने सो पुरस्कारको राशी रु १५ हजार सहित प्रमाणपत्र रहेको छ । 

गत वर्ष पत्रकार मनिषा केसीलाई सो पुरस्कार प्रदान गरिएको  थियो । तत्कालीन नेकपा एमालेका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट  चौर जहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।  पुरस्कार यही फागुन २१ मा वितरण गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस