काठमाडौं । भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएका हरुको लगातार दशौं दिनपनि खोजीकार्य जारी छ । तर यो काममा लागी परेका समूहले आशा मार्दै गएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थल र त्यस आसपासका इलाकाबाट क्षत विक्षत शव निकालिँदै छ । उत्तराखण्डका प्रहरी अधिकारी अशोक कुमारले उद्दारकार्य दिनरात चलिरहेको भएपनि अब जिउँदो मानिसहरुको उद्धार गरिने आशा निकै कम भएको उनले बताए । यस्तोमा अब उद्धारकार्य ३–४ दिनभन्दा लामो नहुने उनले बताए । यद्यपि, त्यहाँ सर–सफाईको काम भने जारी रहनेछ ।
हालसम्म ५६ व्यक्तिको शव भेटियोः
भारतीय सञ्चार माध्यमका अनुसार हालसम्म ५६ जनाको शव निकालिएको छ । यसका साथै २२ क्षतविक्षत मानव अंग पनि भेटिएका छन् । यसको सनाखत डिएनए परीक्षणमार्फत् गरिनेछ । अहिले पनि १४८ मानिसहरु हराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ फागुन २०७७, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङको छिप्लुङमा हिमपहिरो, बोक्सी खोला थुनियो
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनाङको हिमपहिरो पन्छाउन थालियो