चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी

विहीबार, ०८ चैत्र २०७४, १२ : ००
चन्द्रागिरि सुरक्षित पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधवार विहान चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरेका छन । भ्रमणमा अाएका  मन्त्रीअधिकारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गदै मन्त्रीअधिकारीले सडकसंजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताए । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै  चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्ने पनि बताए ।

अव तोकिएका काम तोकिएकै समयमा निर्माण सम्पन्न भैसक्नुपर्ने गरि कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको जानकारी दिँदै अव काम गरेर देखाउने वाहेक अन्य सुविधा आफुलाई नरहेको मन्त्री अधिकारीले प्रस्ट पारे । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ता भित्रमा मन्त्री अधिकारीले  चन्द्रागिरि परियोजनाको भ्रमण गरि आफु र आफ्नो समुहलाई हौसला प्रदान गर्नुभएकोमा धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस