काठमाडौं । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन गरेका हुन् । “सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन”को ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डप देखि बसन्तपुर सम्म र्याली निकालेका छन् ।
ब्यानर भन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लेखिएको प्ले कार्ड टाँसेर हातमा साङलो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमन विरुद्ध हातमा साङलो बाँधेर प्रर्दशनमा उत्रिएका हुन् ।
वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए ।
त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्र्दभले गीत गाएर प्रतिगमनको विरोध गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए । उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अंहको चाडै ठेगान लाग्ने विश्वास आफुले लिएको भन्दै सबैलाई एकवद्ध हुन आव्हान गरे ।
उनले भने “सडक संघर्षमा हामी अघि बढीरहेका छौ । निरंकुश सत्ता सासन र प्रधानमन्त्रीको अंहको चाडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त ? यो भाषा कसले सिकायो हामीलाई ?उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठिक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले हो । ”
यो साझा मुद्दा भएकाले पक्ष/विपक्ष र प्रतिगन हो/होइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उनले सबैलाई आग्रह गरे । साझा फोरमका सम्बन्धमा स्रष्टाहरुले जिज्ञासा राख्ने गरेको भन्दै उनले भने “ यो त साईलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।”
स्रष्टाहरुको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाई, विमला राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० माघ २०७७, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने
राजावादीविरुद्ध समाजवादी मोर्चाको विरोध प्रदर्शन, तय गर्यो रुट
रविलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपाको विरोध प्रदर्शन