प्रधानमन्त्रीको सचिवालयमा २८ जना मात्रै रहने

बुधबार, ०७ चैत्र २०७४, १९ : ३९
प्रधानमन्त्रीको सचिवालयमा २८ जना मात्रै रहने

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले  प्रधानमन्त्रीको सचिवालय सल्लाहाकार समिति सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बैठकपछि पत्रकारहरुलाई जानकारी गराउँदै अब २८ भन्दा बढी नरहने र यसअघि सहसचिवसम्म राखिने गरेको भए पनि अब उपसचिव मात्रै राख्ने निर्णय गरेको बताए ।

त्यसैगरी बैठकले मन्त्रिपरिषद्का ५ संसदीय समिति बनाउने निर्णय गरेको छ । सामाजिक समिति, राजनीतिक समिति, प्रशासनिक समिति, आर्थिक तथा पूर्वाधार समिति र विधेयक समिति बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस