‘लिष्टेरिओसिस’को प्रकोप बारे १६ देशलाई डब्लुएचओको चेतावनी

बुधबार, ०७ चैत्र २०७४, १७ : ५९
‘लिष्टेरिओसिस’को प्रकोप बारे १६ देशलाई डब्लुएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ ।

सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो । त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना, लोकतान्त्रीक गणतन्त्र कंगो, घाना, लेसोथो, माडागास्कार, मालावी, मौरिसस, मोजाम्बीक, नामिविया, नाइजेरिया, स्विजरल्याण्ड, तान्जेनिया, युगान्डा, जाम्बीया र जिम्बाबे रहेका छन् ।

सन् २०१७ को जनवरी सम्ममा दक्षिणी अफ्रिकामा यस प्रकोपमा परी झण्डै दुइ सय जनाको मृत्यु भएको डब्लुएचओका सदस्यहरुले जनाएका छन् । यो मासुजन्य रोग हो । एकै स्थानमा उत्पादन भएको मासु र मासुजन्य पदार्थ धेरै ठाउँ वा देशमा पु¥याउँदा हुनसक्ने प्रदूषणका कारण यो रोग देखापर्दछ ।(रासस/सिन्ह्वा)
 

प्रतिक्रिया दिनुहोस