नेपाल लाइफको २०औं वार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १६ : ५२
नेपाल लाइफको २०औं वार्षिक साधारण सभा सम्पन्न

विरगन्ज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ। विरगन्जमा २० औँ साधारणसभा सम्पन्न भएको हो। उक्त वार्षिक साधारण सभाले  शेयरधनीलाई चुक्ता पूँजीको ३१  प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु २० कर सहित वितरणको प्रस्ताव पारित गरेको छ। बोनश शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु रु. ७,१९,९९,७०,६६१ हुनेछ। 

कार्यक्रम अध्यक्ष गोविन्द लाल संघको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३० ०९प्रतिशत बजारहिस्सा हाँसिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए। 

उक्त सभाले आ वा२०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरण एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव सभाद्वारा स्वीकृत भएको छ। 

हाल कम्पनीको लगानी  रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।    

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय  भन्दा बढी शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। 

हालसम्म स्वदेश र विदेश गरी झण्डै २८  लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छन्।

प्रतिक्रिया दिनुहोस