‘सरकारले जनचाहनाअनुसार काम गर्न पाएन’

रासस

मंगलबार, २७ माघ २०७७, १९ : २४
‘सरकारले जनचाहनाअनुसार काम गर्न पाएन’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान राजनीतिक परिस्थिति उपज व्यक्तिवादी सोच भएको बताउनुभएको छ ।  

आज कैलालीको सुखडमा नेकपा घोडाघोडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री भट्टले स्पष्ट बहुमत भएको सरकारले जनचाहनाअनुसार काम गर्न नपाएको गुनासो गर्नुभयो । निर्वाचनका लागि जनतामाझ जाने कुरालाई प्रतिगामी कदम भनेर हल्ला फैलाउनु गलत भएको उहाँको तर्क थियो ।

त्यस्तै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राजनीतिक एजेण्डाभन्दा पनि व्यक्तिगत स्वार्थ नमिलेर वर्तमान अवस्था सिर्जना भएको दावी गर्नुभयो । कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पार्टीले अब गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस